ईरानी सेनाले खसाल्यो अमेरीकी अत्याधुनिक लडाकु विमान, पाईलट नियन्त्रणमा लिएको दाबी

ईरानी सेनाले खसाल्यो अमेरीकी अत्याधुनिक लडाकु विमान, पाईलट नियन्त्रणमा लिएको दाबी

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

तेहरान, २१ चैत । इरान र अमेरिकाबीच बढ्दो तनावका बीच इरानी सैन्य बल ुइस्लामिक रिभोलुसनरी गार्ड कप्र्सु -आईआरजीसी) ले मध्य इरानको आकाशमा एक अत्याधुनिक अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ । इरानी समाचार संस्था तास्निमका अनुसार, शुक्रबार खसालिएको उक्त विमानबाट प्यारासुटमार्फत खसेका अमेरिकी पाइलट इरानी सेनाको नियन्त्रणमा परेको अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् ।

आईआरजीसीले जारी गरेको विज्ञप्ति अनुसार, आफ्नो नयाँ र अत्याधुनिक वायु रक्षा प्रणाली प्रयोग गरी अमेरिकी ँ-घछ लडाकु विमानलाई आकाशमै ध्वस्त पारिएको हो । उक्त विमान बेलायतको लेकेनहिथ स्क्वाड्रनको रहेको बताइएको छ । विमान पूर्ण रूपमा नष्ट भई जमिनमा खसेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इरानको कोहगिलुये र बोयर–अहमद प्रान्तका तास्निम संवाददाताका अनुसार, विमान खसालिएपछि पाइलट इरानको भौगोलिक क्षेत्रभित्रै झरेका थिए । अमेरिकी पक्षले आफ्ना पाइलटलाई उद्धार गर्ने प्रयास गरे पनि उनी इरानी सुरक्षा घेराभित्रै परेको र सम्भवतः कब्जामा लिइएको दाबी गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।

युद्धको सन्दर्भ गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह सैयद अली खामेनी र वरिष्ठ सैन्य कमान्डरहरूको हत्या भएपछि अमेरिका र इजरायलले इरानमाथि सैन्य अभियान सुरु गरेका थिए । सोही आक्रमणको जवाफमा इरानले ुप्रतिरक्षाु कारबाही तीव्र पारेको छ । इरानी रक्षा बलले हालैका दिनहरूमा अमेरिकी र इजरायली सैन्य ठेगानाहरूमा मिसाइल र ड्रोनमार्फत दर्जनौँ आक्रमण गरेको छ ।

यसअघि पनि इरानले अमेरिकी विमान खसालेको दाबी गरेको थियो, जसलाई पेन्टागनले अस्वीकार गर्दै आएको थियो । तर, पछिल्लो घटनामा सार्वजनिक भएका तस्बिर र भिडियोहरूले मध्यपूर्वको युद्धलाई थप जटिल बनाउने संकेत गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले भने आफ्ना पाइलट कब्जामा परेको विषयमा अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । इरानले भने घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी