अमेरिकी गुप्तचर रिपोर्टको खुलासा : १२ हजारभन्दा बढी आक्रमणपछि पनि इरानको ५० प्रतिशत मिसाइल भण्डार सुरक्षित

अमेरिकी गुप्तचर रिपोर्टको खुलासा : १२ हजारभन्दा बढी आक्रमणपछि पनि इरानको ५० प्रतिशत मिसाइल भण्डार सुरक्षित

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

तेहरान । मध्यपूर्वमा जारी तनावका बीच अमेरिकी गुप्तचर निकायको एक नयाँ प्रतिवेदनले सनसनीपूर्ण खुलासा गरेको छ। रिपोर्टका अनुसार, अमेरिका र इजरायलको भीषण आक्रमणका बाबजुद इरानसँग अझै पनि ५० प्रतिशतभन्दा बढी मिसाइल र कामिकाजे ड्रोन सुरक्षित रहेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल भण्डार ध्वस्त पारिएको दाबी गरेका थिए। तर, नयाँ गुप्तचर आकलनले ट्रम्पको दाबीलाई गलत सावित गर्दै इरान अझै पनि ठूलो युद्ध लड्न सक्षम रहेको देखाएको छ। इरानका धेरै मिसाइल भण्डारहरू यति गहिराइमा छन् कि त्यहाँ अमेरिकी बमहरू पुग्नै सकेनन्।
केही ठाउँमा आक्रमण भए पनि मिसाइलहरू माटोमुनि पुरिएर सुरक्षित अवस्थामा रहेको पाइएको छ।
होर्मुज जलसन्धि भएर जाने जहाजहरूलाई निशाना बनाउन सक्ने इरानका ुएन्टी-सिपु मिसाइलहरू अमेरिकी बमबारीबाट लगभग अछुतो छन्।

इरानले अब सैन्य ठेगाना बाहेक अमेरिका र इजरायलका आर्थिक तथा औद्योगिक केन्द्रहरूलाई निशाना बनाउन सुरु गरेको छ। इरानको दाबी छ कि यो उसको औद्योगिक क्षेत्रमा भएको हमलाको जवाफ हो।
अबु धाबीमा रहेको अमेरिकी स्टील उद्योग, बहराइनस्मा रहेको अमेरिकी आल्मुनियम उद्योग लगायतमा ईरानले जवाफी हमला गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार बुधबारसम्म इरानका १२,३०० भन्दा बढी स्थानमा आक्रमण गरिएको छ। यस कारबाहीमा इरानका सर्वोच्च नेता अली खामेनी र राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अली लारीजानीसहित धेरै वरिष्ठ अधिकारीहरू मारिएको दाबी गरिएको छ। नेतृत्व तहमा ठूलो क्षति पुगे पनि मिसाइल भण्डार सुरक्षित हुनु अमेरिकाका लागि टाउको दुखाइ बनेको छ।

रिपोर्टमा अमेरिकी रणनीतिमाथि गम्भीर प्रश्न उठाइएको छ। ९ करोड जनसंख्या भएको देशको बिजुली ग्रिड ध्वस्त पार्ने र इरानलाई ुढुङ्गे युगु मा फर्काउने ट्रम्पको धम्कीलाई विशेषज्ञहरूले ुयुद्ध अपराधु र तानाशाही व्यवहारको संज्ञा दिएका छन्।

विशेषज्ञहरूको भनाइ अन्ुसार नागरिक पूर्वाधारमाथि आक्रमण गर्नु र पूरै देशलाई संकटमा धकेल्नुले अमेरिका बर्बर युद्धतर्फ धकेलिएको देखाउँछ। यो इरानमा सजिलै विजय प्राप्त गर्न नसक्दाको हताशा हुनसक्छ।

यस प्रतिवेदनले स्पष्ट पारेको छ कि मध्यपूर्वको यो युद्ध तत्काल रोकिने संकेत देखिएको छैन र इरान अझै पनि भयानक तबाही मच्चाउन सक्ने क्षमतामा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी