अमेरीका बिरुद्ध ईरानी सेना प्रमुखको चेतावनी : एक जना पनि शत्रुका सेना जीवित रहने छैनन्

अमेरीका बिरुद्ध ईरानी सेना प्रमुखको चेतावनी : एक जना पनि शत्रुका सेना जीवित रहने छैनन्

  • बिहिबार, चैत्र १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

तेहरान – इरानी सेनाका कमाण्डर मेजर जनरल अमिर हातेमीले यदि विदेशी शक्तिले इरानमाथि जमिनबाट आक्रमण गर्ने दुस्साहस गरेमा कुनै पनि आक्रमणकारी जीवित फिर्ता हुन नपाउने चेतावनी दिएका छन्। बिहीबार सेनाको कमाण्ड एण्ड कन्ट्रोलु सेन्टरबाट देशभरका जल, थल र वायु सेनाका कमाण्डरहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मेजर जनरल हातेमीले इरानी सेना रक्षात्मक र आक्रामक दुवै रूपमा पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गरे। उनले कमाण्डरहरूलाई शत्रुको हरेक गतिविधिलाई नजिकबाट निहाल्न र उपयुक्त समयमा कडा प्रतिकार गर्न निर्देशन दिएका छन्।

जमिन आक्रमणको कडा प्रतिकारस् यदि शत्रुले जमिनबाट आक्रमण गरेमा कसैलाई पनि बाँकी नराख्ने नीति अपनाइने उनले स्पष्ट पारे।

इरानबाट युद्धको छाया हटाउनु र नागरिकको सुरक्षा सुनिश्चित गर्नु सेनाको मुख्य लक्ष्य रहेको उनले बताए।

इरानको अस्तित्व मेटाउने खालका अमेरिकी राष्ट्रपति र इजरायली पक्षका अभिव्यक्तिहरूले उनीहरूको वास्तविक मनसाय प्रष्ट पारेको हातेमीको तर्क छ।

सबै ईरानका लागि सबै ईरानीका लागि भन्ने सिद्धान्तका साथ अन्तिम विजय हासिल नगरेसम्म सेना पछि नहट्ने उनले अठोट व्यक्त गरे।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह सैयद अली खामेनी र अन्य वरिष्ठ सैन्य कमाण्डरहरूको हत्या भएपछि अमेरिका र इजरायलले इरानमाथि ठूलो सैन्य अभियान सुरु गरेका थिए। यस क्रममा इरानका विभिन्न सैन्य तथा नागरिक संरचनाहरूमा हवाई आक्रमण भइरहेका छन्।

जवाफमा इरानी सशस्त्र बलले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा मिसाइल र ड्रोनमार्फत निरन्तर प्रतिशोधात्मक कारबाही गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी