अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई–तीन हप्ताभित्र इरानमा शक्तिशाली आक्रमण हुने बताएका छन्।
ट्रम्पले इरानमा भयानक बमबारीको धम्की दिँदै त्यो देशलाई ढुङ्गे युगमा पुर्याइदिनेसम्मको कुरा गरेका छन्। इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्पले भने, यदि चाँडै कुनै सम्झौता भएन भने, अमेरिकाले इरानमा ठूलो आक्रमण गर्नेछ र इरानलाई ढुङ्गे युगमा फर्काइदिनेछ, किनभने इरान त्यहीँ हुनुपर्छ।
डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनका क्रममा दाबी गरे कि इरानको सैन्य क्षमता लगभग सकिएको छ र अधिकांश नेताहरू मारिसकेका छन्। उनले भने कि इरानको मिसाइल प्रहार गर्ने क्षमता निकै घटिसकेको छ र त्यहाँका प्रमुख रक्षा कारखाना तथा पूर्वाधार नै नष्ट भइसकेको छ। ट्रम्पले आफ्नो सम्बोधनमा कुनै निर्णायक कुरा गरेका छैनन्।
टम्पको यो अभिव्यक्ति पुरानै अभिव्यक्तिको निरन्तरतामा देखिएको छ ।