स्थलगत आक्रमणमा आए अमेरीकी सेनालाई सार्कको आहारा बनाउने ईरानी सैन्य प्रवक्ताको चेतावनी

स्थलगत आक्रमणमा आए अमेरीकी सेनालाई सार्कको आहारा बनाउने ईरानी सैन्य प्रवक्ताको चेतावनी

  • आइतवार, चैत्र १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

इरानको खतम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकालाई कडा चेतावनी दिँदै इरानी भूमिमा कुनै पनि किसिमको स्थलगत आक्रमण वा कब्जा गर्ने प्रयास गरेमा त्यसको परिणाम भयावह हुने बताएका छन्। उनले अमेरिकी सेनाले विनाशको सामना गर्नुपर्ने र फारसको खाडीमा ूशार्कको आहाराू बन्नुपर्ने चेतावनी दिएका छन्।

इब्राहिम जोल्फाकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानमा स्थलगत आक्रमण गरेमा अमेरिकी सेनाले अपमानजनक र गम्भीर परिणाम भोग्नुपर्ने बताए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फारसको खाडीका टापुहरू कब्जा गर्ने धम्कीलाई अवास्तविक भन्दै टिप्पणी गरे।

जोल्फाकारीका अनुसार, अमेरिकी नेतृत्वले सैन्य कमान्ड यस्तो व्यक्तिको हातमा सुम्पेको छ जसका निर्णयहरूले अमेरिकी सेनालाई ूघातक दलदलू मा फसाएको छ।
उनले दाबी गरे कि अमेरिकी सेनाहरू पहिले नै ध्वस्त भएका आधार शिविरहरूबाट भागेर क्षेत्रीय देशका नागरिक र आर्थिक केन्द्रहरूमा शरण लिन पुगेका छन्, तर त्यहाँ पनि उनीहरू सुरक्षित छैनन्।

इरानी फौज यस्तो कुनै पनि आक्रमणको सामना गर्न लामो समयदेखि तयार रहेको र आक्रमणकारीहरूलाई पक्रने वा समाप्त पार्ने उनले उल्लेख गरे।

उनले अमेरिकी नेताहरूलाई इरानको इतिहास पढ्न र विगतका विदेशी आक्रमणकारीहरूको हविगतबाट पाठ सिक्न समेत आग्रह गरे।

अमेरिका र इजरायलले इरानका सैन्य र नागरिक ठेगानाहरूमा व्यापक हवाई हमला गरेका छन्, जसले ठूलो मानवीय क्षति र पूर्वाधारमा क्षति पुऱ्याएको छ।

इरानको जवाफी कारबाहीस् यसको बदलामा इरानी सशस्त्र बलले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा मिसाइल र ड्रोनहरूद्वारा निरन्तर आक्रमण गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी