भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकामा आफ्नो आगामी अदालतको सुनुवाइका लागि तयारी गर्दै गर्दा उनलाई पृथ्वकी कै नर्क मानिने खतरनाक जेलमा पठाईएको छ ।
ब्रुकलिनको कुख्यात जेलमा पहुँच भएका व्यक्तिहरूले भने त्यहाँको वास्तविक अवस्था निकै कष्टकर रहेको बताएका छन्। त्यहाँ उनलाई हतकडी लगाएर हेलिकप्टर मार्फत लगिएको छ । उनकी श्रीमतीलाई पनि अलग्गै राखिएको छ ।
मदुरो र फ्लोरेसलाई भेनेजुएलामा अमेरिकी सेनाले अपहरण गरेपछि गत जनवरीमा न्यूयोर्क स्थानान्तरण गरिएको थियो। उनीहरूमाथि लागुऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोप लागेको छ, जसमा उनीहरूले आफू ुनिर्दोषु रहेको जिकिर गरेका छन्।
दुवैलाई न्यूयोर्कको ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर मा राखिएको छ। यो जेल निकै कठिन अवस्था र जेफ्री एपस्टीनकी सहयोगी घिस्लेन म्याक्सवेल तथा हिप-हप स्टार सीन ूडिडीू कोम्ब्स जस्ता उच्च पदस्थ कैदीहरूलाई राखिने ठाउँको रूपमा चिनिन्छ।
भेनेजुएलाका सांसद निकोलस मदुरो गुएराले सोमबार आफ्ना पिता ूउच्च मनोबलू मा र ूनिकै बलियोू रहेको बताएका छन्। उनले मदुरोले दैनिक व्यायाम गर्ने र अब पहिलेभन्दा ूदुब्लो र फुर्तिलोू देखिएर सार्वजनिक हुन सक्ने बताए। उनले फ्लोरेसलाई कानुनी चुनौतीहरूको सामना गरिरहेको एक ूदृढ र सतर्क योद्धाू को रूपमा चित्रण गरे। तर, उक्त संघीय हिरासत भित्रको जीवन कुख्यात रूपमा कठिन छ।
वर्षौंदेखि यो जेलको असुरक्षित र अमानवीय अवस्थालाई लिएर आलोचना हुँदै आएको छ। केही वकिल र कैदीहरूले त यसलाई ूधरतीको नर्कू समेत भनेका छन्, जहाँ अस्वस्थकर अवस्था, असुरक्षा र लामो समयसम्मको एक्लोपन सामान्य कुरा हो।
मदुरो जस्ता उच्च प्रोफाइलका व्यक्तिले सुरक्षाका कारण अन्य कैदीहरूभन्दा बढी प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ।
मदुरोले एउटै जेलमा भए पनि आफ्नी श्रीमतीलाई भेट्न पाउने छैनन्। यस जेलमा पुरुष र महिलालाई छुट्टाछुट्टै युनिटमा राखिन्छ।
मदुरोका छोराले पिता दुब्लाउनुको कारण ुअनुशासन र व्यायामु भने पनि अर्को सम्भावित कारण त्यहाँको खानाको गुणस्तर हुन सक्छ।
मदुरोको अपहरणलाई संसारभरबाट बिरोध भए पनि अमेरीकाले उनलाई अझै रिहा गरेको छैन ।