कोलम्बियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ९० जनाको मृत्यु

कोलम्बियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ९० जनाको मृत्यु

  • मङ्लबार, चैत्र १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ। ११० जना सवार रहेको उक्त विमान अवतरणका क्रममा दुर्घटनामा परेको कोलम्बियाली रक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा सवार अन्य २० जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी स्थानीय अस्पताल पुर्‍याइएको छ। कोलम्बियाको प्रमुख पत्रिका एल कोलम्बियानोका अनुसार दुर्घटनाग्रस्त विमानमा सैन्य अधिकारी र उनीहरूका परिवारका सदस्यहरू सवार थिए।

कोलम्बियाका रक्षा मन्त्रीले घटनाको पुष्टि गर्दै यसबाट राष्ट्रका लागि अपूरणीय क्षतिु भएको बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार विमानमा प्राविधिक समस्या देखिएको वा प्रतिकूल मौसमका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
घटनास्थल घना जंगल र दुर्गम भूगोलमा पर्ने भएकाले घाइतेहरूलाई सुरक्षित स्थानमा लैजान हेलिकप्टरको प्रयोग गरिएको छ।
यो विमान दुर्घटनाप्रति दुखः व्यक्त गर्दै राष्ट्रपति गुस्तावो पेट्रोले यस्तो दुर्घटना असह्य भएको टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी