ईजरायलको एन्टीएयर डिफेन्स सिस्टम असफल : जहाँ मन लाग्यो त्यही हान्न थाल्यो ईरानले

ईजरायलको एन्टीएयर डिफेन्स सिस्टम असफल : जहाँ मन लाग्यो त्यही हान्न थाल्यो ईरानले

ट्रम्पको हातमा रहेका युद्धको नियन्त्रण

  • आइतवार, चैत्र ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी । तेहरान । तीन हप्तापछि युद्ध अब डोनाल्ड ट्रम्पको नियन्त्रण बाहिर गएको छ। ईरानले इजरायलमाथि आफ्नो मर्जी अनुसार हमला जारी राखेको छ। शनिबार राति डिमोना र अराद शहरमा ईरानी मिसाइल हमला भयानक भएको छ। हमलामा ठूलो क्षति भएको छ । आधिकारीक रुपमा दुई शहरमा गरी एक सय बढी घाईते भएको भनिएको छ । जस मध्य १० जनाको अवस्था गंभीर रहेको छ ।
विशेषज्ञहरूको भनाइ अनुसार, इजरायली हवाई रक्षा प्रणाली अब असफल भइरहेको छ। पहिले केही मिसाइल मात्र लक्ष्यमा पुग्थ्यो भने अब अधिकांश मिसाइल प्रभावकारी रूपमा विष्फोट भईरहेका छन्।

डिमोना : इजरायलको परमाणु केन्द्र

डिमोना दक्षिणी इजरायलको शहर हो, जहाँ देशको मुख्य परमाणु सुविधा रहेको छ। यो सुविधा अघोषित परमाणु कार्यक्रमको लागि प्लूटोनियम उत्पादन गर्छ। ईरानले पहिलो पटक डिमोनामा हमला गरेको हो, र यो हमला त्यही समयमा भएको छ जब केही घण्टा अघि इजरायलले नतांज परमाणु केन्द्रमा हमला गरेको थियो। डिमोनामा भयानक विष्फोट र क्षतिपछि ईजरायली प्रधानमन्त्रीले कठिन साँझ भएको बताएका छन् ।

होर्मुज खाडीमा तनाव

ईरानले होर्मुज स्ट्रेट ब्लक गरेको छ। केवल चीन, भारत, पाकिस्तान र मलेसियाजस्ता देशहरू आफ्ना तेल ट्यांकर कूटनीतिक माध्यमबाट मात्रै निकाल्न सकिरहेका छन्।

विशेषज्ञहरू चेतावनी दिन्छन् कि यो युद्ध अब कुनै पनि पक्षको नियन्त्रणमा छैन। अमेरिकी–इजरायली हमला जति शक्तिशाली हुन्छ, इरानको प्रत्युत्तर पनि त्यसैगरी विनाशकारी हुने देखिन्छ।

हिजो मात्रै ईरानले ४ हजार किलोमिटर टाढा हिन्द महासागरमा रहेको डिएगो गार्सियोमा रहेको अमेरीका र बेलायती सेनको ठूलो बेसमा लक्षित सांकेतिक हमला गरेको थियो । यस अघि अमेरीकाको प्रतिष्ठासँग जोडिएको एफ ३५ लडाकु विमानमा समेत प्रहार गर्न ईरान सफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी