एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ४८ घण्टा भित्र हर्मुजको खाडी पूर्ण रुपमा खुला नगरे ४८ घण्टा भित्र ईरानको सबै भन्दा ठूलो उर्जा संयन्त्रमा हमला गर्ने चेतावनी दिएका छन् । उनले सोसल ट्रथमा पोष्ट गर्दै यो चेतावनी दिए पछि ईरानले पनि कडा प्रतिकृया दिएको छ ।
ईरानले यदी आफ्नो देशमा रहेको प्लान्टमाथि हमला भएमा अमेरीका र ईजरायलसँग जोडिएको मध्यपूर्वका सबै उर्जा संयन्त्रमा हमला गर्ने चेतावनी दिएको छ ।
ईरानका खातम अल–अनबिया सेंट्रल कमांडका प्रवक्ता इब्राहिम जुल्फाघारीले अमेरीका र इजरायलसग जोडिएको पानी डिसेलिनेसन प्लान्ट पनि ईरानको निशानामा पर्ने बताए ।
हर्मुजको खाडीमा तेल ओसार पसारका लागि ईरानले अमेरीका लगायतका देशका लागि बन्द गरेको छ । जसमा अमेरीकाले भीषण हमला गरेर कब्जा गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline