एजेन्सी । ईरानले ईजरायलको अराद, डिमोना सहित विभिन्न शहरमा भीषण हमला गरेको छ । अरादमा आज विहान भएको शक्तिशाली हमलामा ८८ जना घाईते भएको र भौतिक संरचनामा ठूलो क्षति भएको छ । यो हमलामा घाईते भएका १० जनाको अवस्था गंभीर रहेको एम्बुलेन्स सर्भिसले जनाएको छ । अरादबाट एक सय ५० घर परिवारलाई अन्तै सारिएको छ ।
ईरानी हमला पछि त्याहाँका स्कुलहरु बन्द भएका छन् । उद्धार कार्य जारी रहेको ईजरायली सेनाले जनाएको छ । त्याहाँ ईरानको मिसाईल रोक्न नसकिएकोमा छानविन शुरु भएको अलजजिराले जनाएको छ ।
अर्को ईजरायलको परमाणु केन्द्र नजिक डिमोनामा पनि ईरानले भीषण हमला गरेको छ । न्युक्लियर प्लान्टलाई लक्षित गर्दै पटक पटक हमला भएपछि ईजरायल तनावमा परेको छ । त्याहाँ पनि चेतावनीका रुपमा ईरानले हमला गरको अनुमान गरिएको छ । ईरानले हाईपरसोनिक मिसाईलबाट हमला गरेको बताईएको छ ।
ईरानले आफ्नो देशको न्युक्लियर फ्यासीलीटी सेन्टर नतान्जमा हमला भएमा जवाफ दिन सक्षम रहेको चेतावनी स्वरुप डिमोनामा हमला गरेको अनुमान गरिएको छ ।