कतारको ग्यास उद्योगमा ईरानको हमला

कतारको ग्यास उद्योगमा ईरानको हमला

  • बिहिबार, चैत्र ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

इरानद्वारा कतारको रास लाफानमा रहेको देशकै ठूलो ग्यास उद्योगमा हमला गरिएको छ । जसले ठूलो क्षति पुगेको छ । हिजो ईजरायल र अमेरीकाले ईरानको सबै भन्दा ठूलो ग्यास उद्योगमा हमला गरेपछि आज बदलामा ईरानले कतारमा हमला गरेको हो ।
“कतार राज्यले रास लाफान औद्योगिक सहरलाई लक्षित गर्दै गरिएको स्पष्ट इरानी आक्रमणको कडा निन्दा र भर्त्सना गर्दछ, जसका कारण आगलागी भई सुविधामा ठूलो क्षति पुगेको छ,” कतारको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

कतारको गृह मन्त्रालयले उक्त स्थानमा लागेको आगो प्रारम्भिक रूपमा नियन्त्रणमा ल्याइएको र कुनै मानवीय क्षति नभएको जनाएको छ।

“सबै कर्मचारीहरूको उपस्थितिको पुष्टि गरिएको छ र हालसम्म कुनै हताहतीको रिपोर्ट आएको छैन,” विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास ९ील्न्० उत्पादक कतारएनर्जीले जनाएको छ। बिहीबार बिहान जारी अर्को विज्ञप्तिमा कतारएनर्जीले अन्य धेरै एनएलजी सुविधाहरूमा पनि आक्रमण भएको, जसका कारण ठूला आगलागी र थप व्यापक क्षति भएको जनाएको छ।

यी घोषणाहरू इरानले इजरायलद्वारा आफ्नो साउथ पार्स ग्यास क्षेत्रमा गरिएको आक्रमणको बदला स्वरूप खाडी क्षेत्रका तेल र ग्यास सुविधाहरूमा आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि आएका हुन्। संयुक्त राज्य अमेरिका–इजरायल युद्धको प्रभाव अझै बढ्दै गएको छ।

इरानको चेतावनी कतारका मेसाइइद पेट्रोकेमिकल कम्प्लेक्स, मेसाइइद होल्डिङ कम्पनी र रास लाफान रिफाइनरी साउदी अरबका स्यामरेफ रिफाइनरी र जुबैल पेट्रोकेमिकल कम्प्लेक्स तथा संयुक्त अरब इमिरेट्सको अल होसन ग्यास क्षेत्रतर्फ लक्षित थियो।
यो आक्रमणपछि कतारले ईरानको दुतावासका कर्मचारीहरुलाई २४ घण्टाभित्र कतार छोड्न आदेश दिएको छ र यो निर्णय इरानका बारम्बारका आक्रमणका कारण गरिएको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी