अमेरिका र ईरानबीच जारी युद्धले अमेरिकाको आन्तरिक राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसैबीच, अमेरिकी राष्ट्रिय आतंकवाद प्रतिरोध केन्द्रका निर्देशक जो केन्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले युद्धको खुलेर विरोध गर्दै ईरानले अमेरिकामाथि तत्काल कुनै खतरा नदिएको दाबी गरेका छन्। “यो युद्ध मेरो अन्तर्मनले स्वीकार गर्न सक्दैन,” उनले बताएका छन्।
यो घटनाले अमेरिकी सरकारभित्र गम्भीर मतभेद रहेको संकेत दिएको छ भने देशभर युद्धविरुद्ध आवाज उठ्न थालेको छ। विभिन्न स्थानमा प्रदर्शनसमेत भइरहेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ईरानलाई गम्भीर खतरा भएको बताउँदै आफ्नो निर्णयको बचाउ गरेका छन्।
अहिले युद्ध तेस्रो हप्तामा प्रवेश गरिसकेको छ र यसको प्रभाव विश्व राजनीतिमा गहिरो रूपमा देखिन थालेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline