ईजरायली हमलामा ईरानका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख लारीजानीको मृत्यु भएको पुष्टी

ईजरायली हमलामा ईरानका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख लारीजानीको मृत्यु भएको पुष्टी

  • बुधबार, चैत्र ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

आईआरजीसीले इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। सोमबार राति इसराइलको हमलमा उनी मारिएको इरान र इसराइल दुवै पक्षले पुष्टि गरेको हो।

लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए। मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो।
युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन्।

लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे।
इरानी अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको उच्च इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
इरानले ईजरायलमा जवाफी आक्रमण तीव्र पारेको छ । तेल उत्पादन केन्द्र तथा छिमेकी खाडी मुलुकहरूमा आक्रमण तीव्र बनाएको छ।
इरानले प्रतिशोधस्वरूप क्लस्टर हतियार प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको छ, जसले ठूलो क्षेत्रमा क्षति पुर्‍याउने क्षमता राख्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी