ईरान युद्धका कारण आफ्नो चीन भ्रमण स्थगित गरे ट्रम्पले

ईरान युद्धका कारण आफ्नो चीन भ्रमण स्थगित गरे ट्रम्पले

  • मङ्लबार, चैत्र ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्। ुअहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ, उनले भने।

उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्नेबारे चाहिँ खुलाएनन्।

यसअघि चीनले ुस्ट्रेट अफ हर्मुजु खुलाउन सहयोग नगरे भ्रमण ढिला गर्ने धम्की दिएका थिए।

अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ुस्ट्रेट अफ हर्मुजु बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
नेटो देशले पनि यो प्रस्तावमा सहमति नजनाएपछि ट्रम्प आक्रोशित बनेका छन् ।

त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।

सो जलमार्ग खुलाउन अहिले ट्रम्पले प्रयत्न गरिरहेका छन्। विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले युद्धपोतले ुस्कर्टिङु गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी