ईरानको खर्क दीपमा अमेरीकाले भीषण हमला गरेको जवाफमा ईरानले ईराकमा रहेको अमेरीकी दुतावासमा प्रत्याक्रमण गरेको छ । क्षेप्यास्त्र अमेरीकी दुतावासको कम्पाउन्डमा खसेको र यसले दुतावास सहित त्याहाँ रहेको हेलिप्याड क्षतिग्रस्त भएको खबर छ ।
हिजो मात्रै ईरानी हमलामा ईराकमा अमेरीकाको हावामा ईन्धन भर्ने कार्गो विमानमा हमला हुँदा ६ अमेरीकी सैन्यकर्मीको मृत्यु भएको थियो । यद्यपि, अमेरीकाले यो आक्रमण नभई दुर्घटना भनेको छ ।
आजै साउदी अरवमा रहेको सैन्य हवाई अड्डामा भएको आक्रमणमा पाँच वटा अमेरीकी विमान क्ष्तिग्रस्त भएको अमेरीकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ । हमला कुन समयमा भएको थियो भन्ने एकीन भएको छैन ।
अमेरीकी सैनिक कमाण्ड फोर्सले यस बिषयमा विस्तृत विवरण दिएको छैन ।
आजै ईरानले उत्तरी ईजरायलमा शक्तिशाली क्षेप्यास्त्र आक्रमण गरेको छ । जसका कारण भौतिक संरचनाहरुमा क्षति पुगेको ईजरायलले जनाएको छ ।