एजेन्सी । अमेरीका र ईजरायलको धम्की र निरन्तरको आक्रमणका बीच ईरानका सर्वोच्च नेतामा आयातुल्लाह अलि खामेनीईका छोरा मोजताबा खामेनी चुनिएका छन् ।
एसेम्ब्ली अफ एक्सपर्टले उनको नाम सर्वोच्च नेताका रुपमा अनुमोदन गरेको ईरानी सञ्चार माध्यमहरुले जनाएका छन् । यो एसेम्बलीमा ८८ जना विज्ञहरु रहने गरेका छन् ।
निर्वाचित भए पछि उनले ईरानी जनताहरुमा एकताका लागि अपील गरेका छन् ।
उनी हाल ५६ बर्षका भएका छन् । अब देशको सम्पूर्ण शक्तिको नेतृत्व गर्दै अन्तिम फैसला गर्ने अधिकार उनको हातमा पुगेको छ ।
२८ फेब्रुअरीमा अमेरीका र ईजरायली हमलामा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीई सहित थुप्रै अधिकारीहरु मारिएका थिए ।
अमेरीका र ईजरायलले ईरानमा निरन्तर हमला जारी राखेका बेला ईरानले नयाँ नेतृत्व चयन गरेको हो ।
अमेरीका र ईजरायली हमलामा दर्जनौँ बिद्यालय र १८ वटा अस्पताल, तेल प्रशोधन केन्द्र जस्ता ठाँउहरुमा हमला गर्दा १४ सय बढी नागरिकको मृत्यु भईसकेको छ ।
उता ईरानले पनि खाडी देशहरुमा रहेका अमेरीकी अड्डा र ईजरायलमा निरन्तर जवाफी हमला गरीरहेको छ ।