एजेन्सी । अमेरीका र ईजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता आयातुल्लाह अलि खामेनिईको मृत्युपछि आक्रामक बनेको ईरानको आक्रमणमा परी ईजरायलमा ९ जनाको मृत्यु भएको छ । अन्य दर्जनौँ घाईते भएका छन् । ईजरायलको बेन सहित विभिन्न स्थानमा भीषण हमला भएको छ ।
यसै गरी दुबईमा ईरानी हमलामा परी ३ जनाको मृत्यु भएको छ भने कुवेतमा एक जनाको मृत्यु भएको छ ।
ईरानी राष्ट्रपति पेजेस्कीयानले ईरानले शत्रु विरुद्ध शसक्त आक्रमण जारी राख्ने चेतावनी दिएका छन् ।
अमेरीका र ईजरायलले ईरानका सर्वोच्च नेताको हत्या गरेपछि पाकिस्तान सहित विश्वभरका मुस्लिम देशहरुमा अमेरीका र ईजरायल बिरुद्ध प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा पाकिस्तानमा ९ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline