एजेन्सी । अमेरीका र ईजरायलले सँयुक्त रुपमा ईरानको राजधानी सहित विभिन्न शहरमा गरेको हमलाको बदला लिन ईरानले पनि आक्रमण शुरु गरेको छ ।
ईरानी रिभोल्युसनगरी गार्डले ईजरायलका विभिन्न शहरमा लक्षित गरेर चार सय शत्तिःशाली क्षेप्यास्त्र र ड्रोनहरु छाडिएको बताएको छ ।
जसका कारण ईजरायलमा विमानस्थलहरु बन्द गरिएका छन् भने निरन्तर साईरन बजाएर नागरिकहरुलाई बंकर भित्र जान भनिएको छ ।
अमेरीकी र ईजरायली हमलाबाट भएको क्षतिको विवरण अहिले सम्म ईरानले सारीसकेको छैन ।
ईरानले कतारमा रहेको अमेरीकी सैन्य वेश तर्फ पनि मिसाईल प्रहार गरेको बताईएको छ ।
ईरानी अधिकारीहरुले अमेरीका र ईजरायलको मध्यपूर्व भरीका संरचनाहरुमा हमला गर्ने र नष्ट पार्ने चेतावनी पनि दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline