अमेरीकाले फेरी निष्कासन गर्यो ९० जना नेपाली, आईपुगे काठमाण्डौँ

अमेरीकाले फेरी निष्कासन गर्यो ९० जना नेपाली, आईपुगे काठमाण्डौँ

  • शनिबार, फाल्गुन १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

काठमाडौं । अमेरिकाले निष्कासन गरेकामध्ये ९० जनाभन्दा बढी नेपाली शनिबार बिहानै काठमाडौं आइपुगेका छन्।

निष्काशित भएकाहरूलाई ओम्नी एयरको चार्टड जहाजमार्फत काठमाडौं ल्याइएको हो।

ओम्नी एयर उडानबाट श्रीलंकाको कोलम्बो हुँदै ९० जनाभन्दा बढी नेपाली काठमाडौं आएका हुन्। अमेरिकी सरकारले १२० भन्दा बढी निष्कासित नेपालीहरूलाई नेपाल पठाइने वासिंटन डिसीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो। सोहीअनुसार त्यहाँको दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो।

उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्। अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरेको छ भने धेरै हुँदा चार्टड विमानमार्फत पठाउने गरेको छ। निष्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी