बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

  • मङ्लबार, माघ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा राजनीतिक उम्मेद्वारहरूले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमहरूले तिव्रता पाएको जनाइएका छन् । बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्नु भएको छ ।

अख्तर अहमदलाई उदृत गर्दै एएनआइले अगामी फेब्रुअरी– १२ तारिखको बिहान ७.३० देखि मतदान सुरु गर्ने तयारी भईसकेको जनाएको छ । सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भन्नु भयो मेरो बुझाइमा, त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन, सबै कुरा व्यवस्थित छ ।“

उहाँले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउदै यो डर नभई चिन्ताको विषय भएको उल्लेख गर्नु भएको छ । मतदानको मिति नजिकिँदै जाँदा, उम्मेदवारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगाउतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ ।

बङ्गलादेशको निर्वाचन कानुन अन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ । मतदान फेब्रुअरी– १२ बिहान ७.३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी–१०को साँझ ७.३० बजे समाप्त हुने जनाइएको छ ।

चुनाव प्रचारको अन्तिम समयमा ढाका–१३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गर्नु भएको छ ।

बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोह पछि व्यापक राजनीतिक अस्थिरताकोे बीचमा हाल संसदीय चुनाव हुन गइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी