इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार यो कदम इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत लिइएको हो।
यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो।

इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार तेहरानले वाशिङ्टनसँग अन्य कुनै विषयमा छलफल गरेको छैन।

अराघचीले विगतमा भएका व्यवहार र अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गर्दै यही अविश्वास नै वार्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी