अमेरीकामा हिँम आँधीको कहर, १३ जनाको मृत्यु, १० लाख घर बिजुली बिहीन

अमेरीकामा हिँम आँधीको कहर, १३ जनाको मृत्यु, १० लाख घर बिजुली बिहीन

  • सोमवार, माघ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

१२ माघ, काठमाडौं । अमेरिकामा आइतबार आएको भीषण हिम आँधीले देशभरको जनजीवन प्रभावित बनाएको छ । हिम आँधीमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।
यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अमेरिकी नागरिक प्रभावित भएका छन्।

आँधीमा परेर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।

‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

अमेरिकाको टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म करिब ३.३७ लाख घर र व्यवसायहरू अन्धकारमा थिए। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन छन्।

हिउँ र असिना वर्षाका कारण रुखहरू ढलेका छन् र विद्युत्का तारहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न अझै केही हप्ता लाग्न सक्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ