अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो।
त्यसमध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
एक जना अध्ययन भिसामा गएका थिए। तर बाँकीले करोडभन्दा बढी रकमसम्म तिरेको भेटिएको छ। कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन्। पछिल्लो सात वर्षमा सात सयभन्दा बढी नेपाली नागरिक फर्काइएका छन्।
ट्रम्प राष्ट्रपति भएपछि डिभि बन्द गरिएको छ भने आप्रवासीहरुलाई धमाधम निष्कासन जारी राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline