अमेरीकी अदालतमा मदुरोले भने, मैले कुनै अपराध गरेको छैन

अमेरीकी अदालतमा मदुरोले भने, मैले कुनै अपराध गरेको छैन

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइएको छ। सुनुवाइका क्रममा मदुरोले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। मदुरोले अदालतमा भने, ‘मैले कुनै अपराध गरेको छैन, म एक सभ्य व्यक्ति हुँ।’

अदालतमा सोमबार पहिलो सुनुवाइ सकिएको र अब अर्को सुनुवाइ आगामी मार्च १७ मा हुनेछ।
द गार्जियनका अनुसार, मदुरोविरुद्ध अमेरिकामा कोकिन तस्करी गराएको, खतरनाक हतियार राखेकोलगायत चार गम्भीर अभियोग लगाइएका छन्। मदुरो र उनकी श्रीमती फ्लोरेसलाई सँगै अदालतमा हाजिर गराइएको थियो।

सुनुवाइमा क्रममा मदुरोको खुट्टामा साङ्ला बाँधिएको थियो। उनी र उनकी श्रीमती एउटै टेबलमा बसेका थिए र हेडफोन लगाएका थिए ताकि उनीहरूले आफ्नै भाषामा के भनिएको छ भनेर बुझ्न सकून्।

न्यायाधीशले उनीहरूविरुद्धका आरोप अदालतमा पढेर सुनाएका थिए। मदुरोलाई हिरासत कक्षबाट हेलिकप्टरमा लगिएको थियो।

मदुरोलाई गत शनिबार राति अमेरिकी सेनाले भेनेजुएलामा हवाई हमला गरी निवासबाटै अपहरण गरेर लगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी