एजेन्सी । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको अवैधु र अनावश्यकु कारबाहीको संज्ञा दिएकी छिन्।
सामाजिक सञ्जाल प्लेटफर्ममा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो क्रूरु र अवैधु शासक भएको स्वीकार गरे पनि त्यसको बहानामा गरिएको अमेरिकी हस्तक्षेपले अमेरिकाको सुरक्षा, शक्ति र आर्थिक हितलाई कुनै पनि रूपमा मजबुत नबनाउने स्पष्ट पारेकी छिन्।
भेनेजुएलामा डोनाल्ड ट्रम्पले गरेको कार्यले अमेरिकालाई न त सुरक्षित बनाउँछ,न बलियो, न त बढी लागत–प्रभावी,ुह्यारिसले लेखेकी छिन्, मादुरो एक क्रूर र अवैध तानाशाह हुन सक्छन्, तर त्यसले यो कारबाही गलत र अवैध थियो भन्ने यथार्थलाई परिवर्तन गर्दैन। यस्तो परिदृश्य हामीले इतिहासमा पटक–पटक देखिसकेका छौँ।
ह्यारिसले ट्रम्प प्रशासनको कदमलाई शासन परिवर्तन र तेलसँग जोडिएको राजनीतिक स्वार्थ बाट प्रेरित भएको आरोप लगाएकी छिन्। उनका अनुसार यस्ता कारबाहीलाई प्रायः शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरिए पनि अन्ततः ती अराजकता, अस्थिरता र दीर्घकालीन संकटमा परिणत हुने गरेका छन्।
शासन परिवर्तन वा तेलको नाममा लडिएका युद्धहरूलाई शक्ति प्रदर्शनको रूपमा बेचिन्छ,उनले भनेकी छिन्, तर अन्ततः त्यसको मूल्य अमेरिकी परिवारहरूले चुकाउनुपर्छ( चाहे त्यो करको भार होस्, सैनिक क्षति होस् वा विश्वव्यापी अस्थिरताको परिणाम।ु