भेनेजुएलाकी अन्तरीम राष्ट्रपति डेल्सीलाई अमेरीकाले भनेको नमाने मदुरोको भन्दा खराब हालत बनाईदिने ट्रम्पको धम्की

भेनेजुएलाकी अन्तरीम राष्ट्रपति डेल्सीलाई अमेरीकाले भनेको नमाने मदुरोको भन्दा खराब हालत बनाईदिने ट्रम्पको धम्की

  • सोमवार, पुस २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

२१ पुस, काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अमेरीकाले भनेको नमाने मदुरोको भन्दा खराब हालत बनाउने धम्की दिएका छन् । अमेरीकाले भेनेजुएलामा हवाई आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी अमेरीका पुर्याएको छ ।

यसअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको र उनी भेनेजुएलाका जनताको जीवनस्तर सुधार्न अमेरिकाको अपेक्षाअनुसार काम गर्न तयार रहेको बताएका थिए।

‘न्यूयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नुपर्ने आवश्यकता नपर्ने बताएका थिए ।

रोड्रिगेजले निकोलस मादुरोलाई सत्ताबाट हटाइएकोमा आलोचना गर्दै अमेरिकालाई मादुरो फिर्ता पठाउन माग गरेकी छिन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेकी छिन्। उनले निकोलस मादुरो नै भेनेजुएलाको वैध र एक मात्र राष्ट्रपति भएको र उनलाई जबरजस्ती नियन्त्रणमा लिनु पूर्णतया गलत भएको बताइन्।

डेल्सीले यो भनाइ राष्ट्रिय रक्षा परिषद्को बैठकमा दिएकी हुन् । बैठकको सरकारी च्यानल ‘भीटीभी’ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उनले मादुरो र उनकी पत्नीको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएकी छिन्।

अमेरिकी सैनिकहरूले ३ जनवरीको राति भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई न्यूयोर्क ल्याइएको छ, जहाँ उनीहरूलाई हिरासतमा राखिएको छ। उनीहरूमाथि हतियार र लागुऔषध तस्करीसँग सम्बन्धित मुद्दाहरूमा कारबाही चलाइने बताइएको छ। उनलाई आज अमेरिकी अदालतमा प्रस्तुत गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी