भेनेजुएलामा अमेरीकी बमबारीको विश्वका विभिन्न देशहरुद्धारा कडा बिरोध

भेनेजुएलामा अमेरीकी बमबारीको विश्वका विभिन्न देशहरुद्धारा कडा बिरोध

  • शनिबार, पुस १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

१९ पुस, काठमाडौं । भेनेजुएलामा अमेरीकी बमबारीको विश्वका विभिन्न देशहरुले कडा विरोध जनाएका छन् ।

ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि राष्ट्रपति मादुरोलाई पक्राउ गरिएको दाबी गरेपछि विभिन्न देशबाट प्रतिकृया आउने क्रम जारी छ ।

अमेरीकी आक्रमणको विरोध गर्दै कोलम्वियाका राष्ट्रपति गुस्तावो पेट्रोले यो हमला शान्ति, मानवको जीवन र आत्मसम्मान एवं अन्तराष्ट्रिय कानुनको बिरुद्ध भएको बताएका छन् ।

यसै गरी क्युवाका राष्ट्रपति मिगृएल डियाज केनेलले भेनेजुएलामाथिको अमेरीकी आक्रमण गंभीर अपराध भन्दै अन्तराष्ट्रिय कदम चाल्नु पर्ने माग गरेका छन् ।

यसै गरी ईरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी अमिेरीकी आक्रमणको कडा निन्दा गर्दै भेनेजुएलाको राष्ट्रिय सार्वभौम सत्ता र अन्तराष्ट्रिय कानुनको खिलाफ भएको भन्दै आपत्ति जनाएको छ ।

यसै गरी रुसले भेनेजुएलामाथिको आक्रमणको कडा निन्दा गरेको जनाएको प्रारम्भिक प्रतिकृया दिएको छ ।

अन्य देशहरुले पनि प्रतिकृया दिने क्रम जारी छ ।

भेनेजुएलाको राजधानी काराकस सहित विभिन्न शहरमा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई कब्जा गरेको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्ताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी