अमेरीकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपतिलाई कब्जा गरेको ट्रम्पको दाबी

अमेरीकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपतिलाई कब्जा गरेको ट्रम्पको दाबी

  • शनिबार, पुस १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको दाबी गरेका छन् ।

ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।

भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरेको ट्रम्पले स्वीकार गरेका छन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’

राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

मदुरोले अमेरीकी आक्रमण भेनेजुएलालाई उपनिवेश बनाउने लक्ष्य भन्दै त्यो पूरा हुन नदिने चेतावनी दिएका थिए ।

उनी पक्राउ परे नपरेको भेनेजुएलाका अधिकारीहरुले स्पष्ट गर्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी