स्वीजरल्याण्डमा रिसोर्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

स्वीजरल्याण्डमा रिसोर्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

  • शुक्रबार, पुस १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ ः ३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए ।

धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरै जना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य शहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।

आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । पीडित परिवारहरुसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर ं४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।

इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुनसक्ने सम्भावना नकार्न नसकिने बताएको छ । फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई घाइते फ्रान्सेली नागरिक रहेको रिपोर्ट गरेका छन् ।

तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पताल ९जहाँ ठूलो बर्न्स युनिट छ० मा सारिंदैछ । उनीहरूको शरीरको ‘३०–४० प्रतिशत भाग जलेको’ इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन् ।

बिहीबार साँझको पत्रकार सम्मेलनमा अधिकारीहरूले आगो लाग्दा बारभित्र कति जना थिए भन्ने थाहा नभएको बताएका छन् ।

राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका बेला उक्त बारमा युवाहरुको उत्सवमय भीड रहेको बताए ।

अटर्नी जनरल बियाट्रिस पिलुदले यो दुस्खद् अवस्था कसरी उत्पन्न भयो भन्ने परिस्थितिको पहिचान गर्न अनुसन्धान सुरु गरिएको जानकारी दिइन् ।

पत्रकारहरूले चम्किने फ्लेयरसहितका स्याम्पेन बोतलहरू आगलागीको कारण हुन सक्ने हल्ला र सिँढीहरू ‘धेरै साँघुरा’ थिए कि थिएनन् भन्ने प्रश्न गर्दा उनले अनुसन्धान जारी रहेकाले केही पुष्टि गर्न नसकिने बताइन् ।

उनले सिंढी साँघुरा देखिए पनि तिनीहरू नियमअनुसार थिए कि थिएनन् भन्ने मूल्याङ्कन अनुसन्धानले गर्ने स्पष्ट पारिन् ।

स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौं लाग्न सक्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी