गाजामा मानवीय र स्वास्थ्य सङ्कट गहिरिँदै

गाजामा मानवीय र स्वास्थ्य सङ्कट गहिरिँदै

  • बुधबार, पुस १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

गाजा स्ट्रिपमा टेन्टमा बसिरहेका विस्थापितहरूमा ‘लेप्टोस्पाइरोसिस’ नामक रोग फैलिन सक्ने चेतावनी जारी गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारी बास्सम जाकुतका अनुसार यो रोग मुख्यतया मूसाको फोहोर मिसिएको बाढीको पानीसँग सम्पर्क हुँदा फैलिन्छ । साथै, उक्त रोगको विशेष गरी चप्पल नभएका बालबालिकामा जोखिम बढी हुन्छ ।

लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट फैलिने रोग हो, जसमा सङ्क्रमित जनावरको पिसाब वा त्यसले दूषित गरेको वातावरणसँग सिधा सम्पर्क हुँदा मानिसमा सङ्क्रमण हुन्छ । जाकुतले शङ्का लागेका केसका नमूना विश्व स्वास्थ्य सङ्गठनमार्फत परीक्षणका लागि पठाइएको बताउनुभयो ।

अध्ययन अनुसार गाजामा द्वन्द्वका कारण पानी आपूर्ति र सरसफाइ प्रणाली प्रभावित भएका छन्, जसले चूहा र कीराको सङ्ख्या बढाएको छ र विस्थापित जनसङ्ख्यामा स्वास्थ्य जोखिम थप बढाएको छ । टेन्टहरूले अब तेज हावा र वर्षाबाट सुरक्षा दिन सकेका छैनन्, र धेरै टेन्ट तथा स्वास्थ्य केन्द्र हालसालै ढलेका छन् । इन्धन र सुरक्षात्मक उपकरणको अभावले स्वास्थ्यकर्मीहरूको राहत कार्यमा अवरोध पु¥याइरहेको छ, जसका कारण डायरिया र श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणमा वृद्धि भएको छ ।

अर्कोतर्फ, गाजाका स्वास्थ्य अधिकारीहरूले अत्यन्तै अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटका कारण क्यान्सर औषधिको ठूलो कमी, परीक्षण सेवा अभाव र सीमा नाका बन्दले बिरामीहरूको उपचार विदेशमा सम्भव नभएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूको अनुसार आवश्यक औषधिमा ५२ प्रतिशत, मेडिकल सामग्रीमा ७१ प्रतिशत र प्रयोगशाला तथा ब्लड बैङ्कमा ५९ प्रतिशत कमी छ । हाल ६५० मृगौला डायलासिस रोगी, एक हजार क्यान्सर रोगी र करिब दुई लाख ८८ हजार मानिसहरू प्राथमिक स्वास्थ्य सेवामा आवश्यक सहयोग नपाउँदा गम्भीर स्वास्थ्य जोखिममा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी