युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

  • बुधबार, पुस ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

सैन्य गतिविधिका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि युक्रेनका ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत् केन्द्रहरूले विद्युत् उत्पादन घटाएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार, आणविक सुरक्षा र संरक्षणका लागि अत्यावश्यक विद्युत् उपकेन्द्रहरू प्रभावित भएका छन् ।
निकायका महानिर्देशक राफाएल ग्रोसीले विद्युत् उपकेन्द्रहरूमा क्षति पुगेको पुष्टि गर्दै भन्नुभयो, “द्वन्द्वका कारण विद्युत् प्रणाली लगातार कमजोर र अस्थिर बन्दै गएको छ, जसले आणविक विद्युत् केन्द्रहरूको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गरेको छ ।”

विद्युत् उपकेन्द्रहरूले भोल्टेज रूपान्तरण र नियन्त्रणमार्फत भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्छन्, जुन आणविक केन्द्रका सुरक्षा प्रणाली र रिएक्टर चिस्याउने प्रक्रियाका लागि अनिवार्य हुन्छ। यही कारण, विद्युत् संरचनामा आएको क्षतिले आणविक सुरक्षालाई प्रत्यक्ष असर पार्ने निकायले जनाएको छ ।
यस महिनाको सुरुवातमा गरिएको मूल्यांकनमा युक्रेनका १० भन्दा बढी महत्वपूर्ण विद्युत् उपकेन्द्रहरूको अवस्था हालसम्मकै कमजोर रहेको निष्कर्ष निकालिएको थियो । सशस्त्र द्वन्द्वका बेला आणविक सुरक्षा सुनिश्चित गर्न निर्धारण गरिएका आधारहरू विद्युत् संरचनाको निरन्तर क्षतिका कारण कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी