थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी : रक्षा मन्त्रालय

थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी : रक्षा मन्त्रालय

  • मङ्लबार, पुस ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा गोलाबारी र ट्याङ्क–माउन्टेड मेसिन गनहरूको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको छ ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औं दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ ।

“थाई सेनाले कम्बोडियाका नागरिकहरू बस्ने स्थानहरूमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकहरूको मृत्यु हुनुका साथै अन्य ८३ जना घाइते भएको पत्रकारहरुसँगको सक्षतकारमा जाउनु भएको छ ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक–अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी