सुडानमा शान्ति सेनाको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा कडा निन्दा

सुडानमा शान्ति सेनाको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा कडा निन्दा

  • आइतवार, मंसिर २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गर्नुभएको छ ।

महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।
महासचिव गुटेरेसले बङ्गलादेश सरकार र जनताप्रति तथा ज्यान गुमाएका शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकलाई लक्षित गरी गरिने कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुन सक्ने उल्लेख गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई संयुक्त राष्ट्रसङ्घीय कर्मचारी र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । साथै, यस घटनामा दोषीलाई उत्तरदायी बनाइनुपर्नेमा उनले जोड दिनुभएको छ ।
महासचिवले सुडानमा जारी द्वन्द्व अन्त्य गर्न तत्काल युद्धविराम, वार्ता पुनः प्रारम्भ र सुडानी स्वामित्वमा आधारित समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन सबै पक्षलाई पुनः आह्वान गरेका छन् ।
यसबीच, सुडानी सशस्त्र सेनाले उक्त आक्रमण अर्धसैनिक द्रुत समर्थन बलले गरेको आरोप लगाएको भए पनि ती बलले आरोप अस्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी