युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै

  • शनिबार, मंसिर २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग युक्रेनमा युद्धविराम गर्ने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा भेटवार्ता गर्नुहुने भएको छ।

युरोपेली नेताहरूसँग बर्लिनमा बैठक हुनुअघि राष्ट्रपति जेलेन्स्कीले शनिबार रूसले ‘अझै पनि युक्रेनलाई नष्ट गर्ने लक्ष्य राखेको’ बताउनुभएको थियो । किएभका अनुसार शुक्रबार रातभर ऊर्जा सुविधाहरूमा ‘व्यापक’ रूसी आक्रमण भएको र यसका कारण देशभरि हजारौँ व्यक्तिलाई बिद्युतबाट वञ्चित गरेको छ।

रूसले युक्रेनी आक्रमणको बदला लिन ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ले युक्रेनी उर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सबैले अब रूसले के गरिरहेको छ भनेर देख्न सक्नेछन् । हाम्रा नागरिकविरुद्धको आतङ्कमा उनीहरूले चाल्ने हरेक कदम युद्ध समाप्त गर्ने बारेमा नभई यसलाई भड्काउनेतर्फ उद्दत देखिन्छ।”

“उनीहरूले अझै पनि हाम्रो राज्यलाई नष्ट गर्ने र हाम्रा जनतालाई अधिकतम पीडा दिने लक्ष्य राखेका छन्,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्नुभएको छ।

शनिबार युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा रहेको एक आवासीय भवनमा रुसी गोलाबारी हुँदा एक ८० वर्षीया महिलाको मृत्यु भएको छ ।

ट्रम्पले गत महिना युद्ध अन्त्य गर्ने योजना सार्वजनिक गरेदेखि नै किएभलाई सहमतिमा पुग्न दबाब दिइरहनुभएको छ तर युक्रेनले महत्त्वपूर्ण क्षेत्र छोड्नेसहित मस्कोको मागलाई प्रतिध्वनित गरेको रूपमा आलोचना गरिएको छ ।

अमेरिकाको २८ बुँदे प्रस्तावले संयुक्त राज्य अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूबीच कूटनीतिक वार्ताको लहर सुरु गरेको छ । किएभका अधिकारीहरूले वाशिंगटनलाई संशोधित संस्करण पठाएका छन्।

अद्यावधिक योजनाको पूर्ण विवरण जारी गरिएको छैन।

ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार एएफपीसँग भन्नुभयो, “ट्रम्पका दूत स्टिभ विटकोफले जेलेन्स्की र युरोपेली नेताहरूसँग शनिबार भेटघाट गर्नेछन् र शान्ति वार्ताको स्थितिबारे छलफल गर्नेछन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जसँग जर्मन–युक्रेनी व्यापार फोरममा जेलेन्स्कीले भाग लिएको केही घण्टापछि जर्मन सरकारले आगामी सोमबार बर्लिनले युरोपेली सङ्घ र नेटोका प्रमुखहरूसहितका नेताहरूलाई आतिथ्य प्रदान गर्ने बताएको छ।

युक्रेनलाई युरोपेली सङ्घमा शीघ्र प्रवेश गराउने धारणा मस्कोले विरोध गरेको कदम हो र यो अमेरिकी नेतृत्वको योजनाको पछिल्लो संस्करणमा समावेश गरिएको छ।

युरोपेली र युक्रेनीहरूले पनि युक्रेनले कुनै पनि क्षेत्रीय सहुलियतमा वार्ता गर्नु अघि अमेरिकालाई ‘सुरक्षा सुनिश्चितता’ प्रदान गर्न आग्रह गरिरहेका फ्रान्सले शुक्रबार जानकारी गराएको छ।

“अमेरिकी पछिल्लो योजना अन्तर्गत युक्रेन सन् २०२७ को जनवरीको सुरूमा इयूमा सामेल हुनेछ,” यस मामिलासँग परिचित एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा शुक्रबार एएफपीलाई बताउनुभयो ।

इयू प्रवेश प्रक्रियामा सामान्यतया वर्षौं लाग्छ र इयूका सबै २७ सदस्यहरूको सर्वसम्मत मत आवश्यक पर्दछ।

विशेषगरी हङ्गेरीसहितका केही इयू राष्ट्रले युक्रेनको इयूमा समावेश हुने कदमको विरोधमा लगातार आवाज उठाउँदै आएका छन् ।

जेलेन्स्कीले बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “ट्रम्पले युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई उनीहरूको अडान परिवर्तन गर्न मनाउन ‘प्रभावका विभिन्न उत्तोलक (आधारहरू)’ प्रयोग गर्न सक्नुहुन्छ ।

किएभले लामो समयदेखि इयू सदस्यताका लागि प्रयास गरिरहेको छ । भ्रष्टाचार उन्मूलनलगायतका बिषयमा सुधारका लागि संघर्ष गरिरहेको युक्रेनका लागि यो इयूमा सामेल हुनको लागि एक मुख्य शर्त हो ।

मस्कोले शुक्रबार अमेरिकी योजनालाई संशोधन गर्ने प्रयासमाथि शङ्का गरेको छ तर रूसी संलग्नतामा हुने सामान्य संशोधनसहित योजनालाई समर्थन गर्ने सङ्केत गरेको छ।

“हाम्रो विचारमा यो संस्करण गलत हुनेछ,” क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले कोमर्सेन्ट आर्थिक दैनिकसँग भन्नुभयो ।

“यो एक लामो प्रक्रिया हुनेछ”, उहाँले थप्नुभयो,“रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राजदूत विटकोफ र जारेड कुश्नरबीच गत हप्ता मस्कोमा भएको छलफलपछि मस्कोले अद्यावधिक संस्करण देखेको छैन।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनको अवसरमा रूसी नेता पुटिनसँगको भेटको केही घण्टापछि बन्दरगाह र ऊर्जा सुविधाहरूमा आक्रमणको बिषयसमेतलाई समेटेर ‘सीमित युद्धविराम’ गर्न आह्वान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी