अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

  • सोमवार, मंसिर १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकी नागरिकहरूले सवारीसाधन किन्ने योजना परिमार्जन गर्न थालेका छन् । एक अमेरिकी पत्रिकाका अनुसार, ग्राहक साना र प्रयोग भएका सवारीमा बढी रुचि देखाइरहेका छन् ।

यसै क्रममा, अमेरिकामा विद्युतीय सवारीसाधन बजारमा ठूलो गिरावट आएको छ । गत मार्चमा विद्युतीय सवारी खरिदमा प्रदान हुने कर छुट समाप्त भएपछि हजारौँ सम्भावित खरिदकर्ताहरूले खरीद रद्द गरेका थिए, जसले उद्योगमा थप दबाब सिर्जना गरेको छ ।

अमेरिकी प्रशासनले यस वर्ष फेब्रुअरीमा आयातित सवारीसाधनमा २५ प्रतिशत र मार्चमा सवारी पाट्र्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यसका कारण आयातित मात्र नभई स्वदेशमै बनेका सवारीसाधन पनि महँगा भएको समाचारमा उल्लेख छ ।

फेडेरल रिजर्भको पछिल्लो बेइज पुस्तक अनुसार, जुलाईको सुरुदेखि अगस्तको मध्यसम्म अमेरिकी उपभोक्ता खर्च निरन्तर घटेको देखिन्छ । साथै, मिशिगन विश्वविद्यालयले सार्वजनिक गरेको सूचकाङ्कले धेरै अमेरिकी नागरिकहरू रोजगारका अवसरप्रति निराश रहेको र बढ्दो महँगीका कारण खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी