ट्रम्पले लगाए यूरोपियन यूनियन र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ, अगस्ट १ देखि लागू हुने

ट्रम्पले लगाए यूरोपियन यूनियन र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ, अगस्ट १ देखि लागू हुने

  • आइतवार, असार २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। उनले अगस्ट १ देखि यी दुई देशबाट अमेरिका आउने सामानहरूमा ट्यारिफ लगाउने घोषणा गरेका हुन्। उनले आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा यो कदमको बारेमा जानकारी गराएका हुन्।

मेक्सिको र युरोपेली संघले बदला लिए भने, ट्यारिफ दरहरू अझ बढाउने ट्रम्पले दुवैलाई धम्की पनि दिएका छन्।

ट्रम्पले पत्रमा स्पष्ट रूपमा लेखेका छन्, ‘यदि तपाईंले बदला लिनुभयो र शुल्क बढाउनुभयो भने, प्रतिशत जतिसुकै भए पनि, म त्यसलाई हाम्रो ३० प्रतिशतमा थप्नेछु।’

यो त्यस्तै प्रकारको पत्र हो जुन ट्रम्पले विश्वभरका धेरै व्यापारिक साझेदारहरूलाई पठाएका छन्, जसमा उनले अमेरिका आउने विदेशी सामानहरूमा भारी शुल्क लगाउने बारेमा कुरा गरिरहेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी