विश्वकै चर्चित अमेरीकी विश्व विद्यालय हावर्डमा विदेशी विद्यार्थीलाई भर्नामा रोक लगाउने ट्रम्प प्रशासनको निर्णय

विश्वकै चर्चित अमेरीकी विश्व विद्यालय हावर्डमा विदेशी विद्यार्थीलाई भर्नामा रोक लगाउने ट्रम्प प्रशासनको निर्णय

  • शुक्रबार, जेष्ठ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी । विश्वकै चर्चित अमेरीकी विश्व विद्यालय हावर्डमा विदेशी विद्यार्थीलाई भर्नामा रोक लगाईएको छ । अमेरीकी प्रशासनले बिहिबार राति यो निर्णय गरेको हो ।

अमेरीकी होमल्याण्ड सेक्युरीटी सेक्रेटरी नोएमले होमल्याण्ड सुरक्षा विभागलाई तत्काल हावर्डको विद्यार्थी र एक्सचेन्ज भिजिटर कार्यक्रम तत्काल रद्ध गर्न निर्देशन दिएका छन् ।

अब बिदेशी विद्यार्थीले हावर्डमा भर्ना नपाउने मात्र हैन, पढिरहेका बिद्यार्थीले पनि अन्य संस्थानमा स्थान्तरण हुनु पर्नेछ । अहिले पढिरहेका बिदेशी बिद्यार्थीले अन्य विश्व विद्यालयमा स्थान्तरण नलिए अमेरीका छाड्नु पर्ने भनिएको छ ।

हावर्डमा अहिले करीब ७ हजार बिदेशी बिद्यार्थी रहेका छन् । त्यो भनेको विश्व विद्यालयको कुल बिद्यार्थीको २७ प्रतिशत हो ।

विश्व विद्यालयले यहुदी विरोधी सोचलाई बढावा दिएको ट्रम्प प्रशासनको आरोप छ ।

विश्व विद्यालयले सरकारको आरोपहरुको खण्डन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ