पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा भारतीय प्रहरीद्धारा एक नेपाली पक्राउ

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा भारतीय प्रहरीद्धारा एक नेपाली पक्राउ

  • बिहिबार, जेष्ठ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ।

दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्लिपर सेल नेटवर्क गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त नगरेसम्म उनीहरूले कुनै पनि क्रियाकलाप गर्दैनन्।

दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।

पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी छन्। उनी नेपाली नागरिक भएको समाचारमा उल्लेख छ।

दिल्ली प्रहरीले उनीसहित अर्का व्यक्तिविरूद्ध पनि अभियोग दर्ता गरिसकेको छ। उनीहरू दुवै जना हाल तिहाड जेलमा छन्। अन्सारी दिल्लीबाट पाकिस्तान जान लाग्दा पक्राउ परेका थिए।

आइएसआईले उनलाई गोप्य कागजातका सिडी बनाएर पाकिस्तानमा पठाउने जिम्मेवारी दिइएको दाबी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी