४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ

४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ

  • बुधबार, जेष्ठ ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, ७ जेठ । गाजामा भोकमरीका कारण मृत्यु हुने बालबालिकाको संख्यालाई लिएर संयुक्त राष्ट्रसंघले निकै खतरनाक चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् ।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा फ्लेचरले अहिले अवस्था यति नाजुक भइसकेको बताउँदै यदी समयमै सहयोग नपाए यो संकट नरसंहारमा परिणत हुन सक्छ । यद्दपी, इजरायली प्रधानमन्त्री नेतन्याहुले अन्तर्राष्ट्रिय दबाब पछि गाजामा ११ हप्तादेखि जारी रहेको राहत सामग्रीको नाकाबन्दीमा केही खुकुलो घोषणा गरेको बताए ।

यसका बाबजुद पनि सोमबार मात्र जम्मा ५ ट्रक गाजा प्रवेश गर्न सकेको थियो। यसलाई समुन्द्रको थोपा बताउँदै उनले यति सीमित स्रोत साधनले २० लाखभन्दा बढी जनताको आवश्यकता पूरा गर्न नसकिने बताए । संयुक्त राष्ट्रका अधिकारीले गाजा पठाइएका ट्रकहरू अझै पनि सीमाको अर्को छेउमा अड्किएका र सर्वसाधारणसम्म पुग्न नसकेको बताए।

यसमा मुख्यतया बालबालिकाका लागि पोषणयुक्त खानेकुरा र शिशुको खानाको भार समावेश थियो, जसको ज्यान खतरामा परेका बालबालिकासम्म पुग्न सकेको छैन । गाजामा राहत सामाग्री भए पनि प्रयोग हुन नसकेको अवस्था यति बिग्रिएको छ ।

गाजा अहिले डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेको छ । खानेपानी, बिजुली, औषधि र खाद्यान्न जस्ता आधारभूत आवश्यकताहरू लगभग हराइ नै सकेका छन्। अस्पतालमा ठाउँ छैन र हजारौं बालबालिका भोकमरी र कुपोषणबाट पीडित छन् । संयुक्त राष्ट्रसंघले यसलाई मानव निर्मित संकट भनेको छ र यसलाई पूर्ण रूपमा रोक्न सकिने बताएको छ। यदि अन्तर्राष्ट्रिय समुदायले दबाब सिर्जना गरी तत्काल राहत सामग्री पुर्‍याउने व्यवस्था मिलाउनुपर्छ ।

संयुक्त राष्ट्रसंघले यो संकट मानवीय भन्दा पनि राजनीतिक भएको स्पष्ट रुपमा भनेको छ । राहत सामग्रीलाई युद्ध रणनीतिबाट अलग नगरेसम्म निर्दोष बालबालिकाको जीवन बचाउन असम्भव छ । ट

म फ्लेचरले बालबालिकाको जीवन बचाउनलाई प्राथमिकता दिन र तत्काल, बिना शर्त राहत दिन सम्बन्धित सबैलाई अपिल गरेका छन्, अन्यथा आगामी ४८ घण्टा इतिहासको सबैभन्दा लाजमर्दो क्षणका रूपमा गनिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी