जम्मुमा आज पनि ब्ल्याकआउट:सहरभरि साइरन, स्थानीयलाई घरभित्रै बस्न आग्रह

जम्मुमा आज पनि ब्ल्याकआउट:सहरभरि साइरन, स्थानीयलाई घरभित्रै बस्न आग्रह

  • शुक्रबार, बैशाख २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ । पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार शहरभर साइरनको आवाज सुनिएको छ । उनले सामाजिक सञ्जालमा लखेको छन्, ‘आज पनि जम्मुमा ब्ल्याकआउट गरिएको छ । साइरनको आवाज पनि शहरभरि सुन्न सकिन्छ । त्यहाँ मानिसहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।

बिहीबार राति पाकिस्तानले आक्रमण गरेपछि सिमाव्रती जिल्लाहरुमा ‘ब्ल्याकआउट’ गरिएको थियो । पाकिस्तानले आज पनि ड्रोन आक्रमण गरिरहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

शुक्रबार साँझ पनि जम्मु, पठानकोट, अमृत शहर लगायतका क्षेत्रको आकाशमा पाकिस्तानी ड्रोन देखिएको समाचारमा उल्लेख छ ।
गत अप्रिल २२ का दिन भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर चलाएको थियो । जसअनुसार उसले बुधबार सबेरै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ९ स्थानलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच तनाव चुलिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी