सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको शुभारम्भ

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको शुभारम्भ

  • सोमवार, चैत्र २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

२५ चैत्र, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ।

सोमबार ललितपुरको होटल हिमालयनमा एक कार्यक्रमको आयोजना गरि ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको सुभारम्भ गर्दै कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको बताएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका थिए ।

कम्पनीले डिजिटल कार्डबापत सेवाग्राहीसँग कुनै पनि शुल्क नलिने जनाएको छ । साथै उक्त कार्डमार्फत बीमित तथा अभिकर्ताले विभिन्न होटल, रेस्टुरा, मल, फिटनेस, हवाई र सिनेमा टिकट खरिद गर्दा, सपिङ मल, फिट्नेस सेन्टर तथा अस्पताल लगायत स्थानमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

हाल देशभरका ४२ वटा विभिन्न क्षेत्रका कम्पनीसँग डिजिटल कार्डका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले सहकार्य गरेको जनाएको छ ।

नेपालकै पहिलो सूर्यज्योति इ–कर्जा आपत पर्दा अनलाइनबाटै सजिलै र तुरुन्तै निकाल्न सकिने पनि कम्पनी जनाएको छ ।सूर्यज्योति इ–कर्जा लिन ३ वर्ष पूरा भएर ३ वर्षको बीमा शुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्याल्लुको ९० प्रतिशत वा अधिकतम ५० हजार रुपैँयासम्मको कर्जा लिन सकिने छ । त्यसका लागि केवाईसी अपडेट हुनुपर्ने र कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने जस्ता सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए। उनका अनुसार सूर्यज्योतिले ‘सूर्यज्योति केयर्स’ कार्डमार्फत बीमित ग्राहकलाई डिजिटल माध्यमबाट सेवा पहुँच दिनेछ भने ‘इ–कर्जा’ सेवाले तत्कालिन आर्थिक आवश्यकतामा सहज ऋण सुविधा प्रदान गर्नेछ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्रधिकरणका अध्यक्ष शरद ओझाले नेपाली इन्स्योरेन्स क्षेत्रमै सूर्यज्योतिले पहिलोपल्ट नवीन र अन्तर्राष्ट्रिय अभ्यासको सुरुवात गरेको बताए । उनले कम्पनीलाई बीमितसँग जोड्न यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।
साथै यस योजनाले बीमितको रिक्स कभर गर्नुका साथै बीमा संस्थाप्रति आकर्षण थप्न समेत भूमिका खेल्ने उनको भनाइ थियो ।

पछिल्लो समय नेपाली बीमा कम्पनीहरूको पोलेसी रकम र व्यक्तिको आयबीच निक्कै अन्तर रहेकाले त्यतातर्फ बीमा कम्पनीहरू सचेत हुनुपर्ने उनको सुझाव थियो ।

त्यस्तै सूर्यज्योतिका अध्यक्ष केशवप्रसाद भट्टराईले डिजिटलाइजेसनको बाटोमा द्रुत फड्को मार्ने योजनाका साथ कम्पनी अघि बढिरहेको बताए ।

कम्पनीले सुरु गरेको डिजिटल कार्ड र सूर्यज्योति इ–कर्जा सेवा त्यसकै उदाहरण रहेको उनले बताए । सूर्यज्योतिले ल्याएको पछिल्लो योजना नेपालकै बीमा क्षेत्रका लागि नयाँ र पहिलो अभ्यास भएकाले सूर्यज्योति बीमा क्षेत्रकै उदाहरणीय र अग्रणी कम्पनी भएको पुष्टि भएको भट्टराईको दाबी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ