चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

  • आइतवार, मंसिर ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

जुम्ला, ६ मङ्सिरः जुम्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ ।

जिल्लामा चालु आवका लागि कुल बजेट रु तीन अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको चार दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट रु एक अर्ब ७९ करोड ५० हजार विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा रु ६ करोड ४८ लाख १२ हजार अर्थात् तीन दशमलव ६१ प्रतिशत पुँजीगत खर्च भएको छ ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनामा रु एक अर्ब ३९ करोड दुई लाख पाँच हजार पुँजीगत बजेट विनियोजन भएकामा चालु आवको पहिलो चौमासिकमा रु ६ करोड ८४ लाख २२ हजार अर्थात् चार दशमलव ९२ प्रतिशत खर्च भएको नियन्त्रक अछामीको भनाइ छ ।

उक्त कार्यालयका अनुसार जिल्लाका सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब ३३ करोड १६ लाख बजेट प्राप्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ