रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्का र पूजा सामग्री पाइने

रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्का र पूजा सामग्री पाइने

  • शनिबार, मंसिर ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले ग्राहकको घर निर्माणको सुरुवातलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी सहभागी हुन सक्नेछन् ।

सहभागी हुने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

घर निर्माणको पहिलो चरण अर्थात् शिलान्यासलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष रूपमा तयार गरिएको शिलान्यास बक्स यस योजनाको प्रमुख आकर्षण रहेको कम्पनीले उल्लेख गरेको छ ।

योजनामा सहभागी हुन ग्राहकले उल्लेखित क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन फारममा आफ्नो विवरण भर्नुपर्नेछ । साथै १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको भ्याट बिल अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत प्रत्येक निर्माण साइटबाट एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सकिनेछ भने कम्पनीका प्रतिनिधिहरूले ग्राहकको निर्माण साइटमै उपस्थित भई शिलान्यास बक्स तथा ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन् । पेश गरिएको भ्याट बिलका आधारमा ग्राहकको सहभागिता प्रमाणीकरण गरिनेछ । यो योजना २०८३ साल मंसिर ४ गतेदेखि पौष ४ गतेसम्म लागू रहनेछ ।

गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरहरूलाई विशेष बनाउन निरन्तर पहल गर्दै आएको कम्पनीले जनाएको छ । ‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धताअनुरूप ग्राहकसँगको सम्बन्ध थप सुदृढ गर्न योजना ल्याइएको रिद्धि सिद्धि सिमेन्टले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ