सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

  • शुक्रबार, मंसिर ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज) मा छुट प्रदान गर्न लागेको हो। कम्पनीका अनुसार व्यतित मितिबाट दुई वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछ।

त्यसैगरी व्यतित मितिबाट दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ। उक्त छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ।

साथै यस सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। विभिन्न कारणले व्यतित अवस्थामा रहेका बीमालेखहरूलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु यस अभियानको मुख्य उद्देश्य रहेको छ।

यस अभियानले बीमितहरूलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्त्व र आवश्यकताबारे सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ। कम्पनीले योग्य बीमितहरूलाई अभियान अवधिभित्र आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ