भारत उडिसाको भुवनेश्वरमा रहेको एक कलेजमा नेपाली छात्रा मृत फेला परेकी छन् । उनको मृत्यु शंकास्पद भएको भन्दै न्यायका लागि प्रदर्शन गर्ने नेपाली बिद्यार्थीलाई पनि कलेजले निस्कासन गरेको छ ।
उडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत भेटिएको उक्त कलेजले जनाएको छ।
‘बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थी हिजो मृत भेटिएकी हुन्’, विज्ञप्तिमा उल्लेख छ, ‘उनी कलेजकै अर्का विद्यार्थीसँग प्रेम सम्बन्धमा रहेको हुनसक्ने देखिएको छ। मृत विद्यार्थीले कारणवश आत्महत्या गरेको हुनसक्छ।’
उनको मृत्युपछि सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । न्यायको माग गर्दै प्रदर्शन गरेका बिद्यार्थीलाई पनि निष्कासन गरिएको बताईएको छ ।
अवस्थालाई मध्यनजर गरी नेपाली विद्यार्थीलाई उनीहरुको घर पठाइएको र अहिले अवस्था सामान्य रहेको केआईआईटीले उल्लेख गरेको छ।
प्रहरीले मृतकको कोठा सिल गरेको छ भने शव उनको परिवार नआएसम्मका लागि राखिएको जनाईएको छ ।