एजेन्सी । उग्र राष्ट्रवादी अमेरीकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस, भारत, दक्षिण अफ्रीका ब्राजिल जस्ता दर्जनौँ देशहरु सामेल ब्रिक्स समुहलाई अमेरीकी डलर बाहेकमा कारोबार गरेमा अमेरीमामा बिक्री गर्ने सामानमा शत प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले ब्रिक्स देशहरुलाई स्वदेशी मुद्रामा कारोबार नगर्न र अन्य विकल्पमा नजान चेतावनी दिएका हुन् ।
यदी त्यसो गरेमा अमेरीकामा बस्तु विक्री गर्ने कुरा बिर्सन र सत प्रतिशत करको सामना गर्न तयार हुनु पर्ने चेतावनी ट्रम्पले दिएका छन् ।
जसले डलर बिर्सन्छ उसले अमेरीका बिर्सनु पर्छ , ट्रम्पले चेतावनी दिए ।
अमेरीकाले डलर बेचेर बर्सौदेखि कमाउदै आईरहेको छ । सन् १९७३ मा २२ देशका ५१८ बैंकले स्वीफ्ट सिस्टम बनाएका थिए । अहिले यो बढेर २ सय बढी देशका ११ हजार बैंकले अमेरीकी बैंकमा विदेशी मुद्राका रुपमा अमेरीकी डलर सञ्चित गर्दछन् ।
संसारका सबै देशको गरेर कुल ७.८ ट्रिलियन डलर अमेरीकी बैंकमा मौज्दात रहेको छ । यो पैसा अमेरीकाले आफ्नो आर्थिक गतिविधिमा परिचालन गर्ने गरेको छ ।