सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, पाँच प्रतिशत बढी लाभांश दिने

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, पाँच प्रतिशत बढी लाभांश दिने

  • मङ्लबार, मंसिर ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०-८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१)
निष्क्रिय कर्जा – १.७२ %
पुँजीकोष – १३.२१ %
तरलता – २९.२१ %
कर्जा निक्षेप अनुपात (मासिक औसत) – ८०.५३ % रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी