भारतबाट पैसा कमाएर आउने नेपालीहरुमाथि बनबासामा लुटपाट रोकिएन

भारतबाट पैसा कमाएर आउने नेपालीहरुमाथि बनबासामा लुटपाट रोकिएन

  • बिहिबार, अशोज २४, २०८१
  • डम्मर दत्त भट्ट

  • 4.9K
    SHARES

कञ्चनपुर, असोज २४ । गुजारा चलाउन प्रदेशिएका नेपाली मजदुर अझैपनि छिमेकी मुलुक भारत तथा सीमावर्ती क्षेत्रमा ठगिन लागेका छन् । नेपालीहरुका चाडवार्ड नजिकिएसंगै स्वदेश फर्किने नेपाली मजदुरमाथि सीमावर्ती क्षेत्रमा ठग्ने काम अझै रोकिएको छैन् । विगतको तुलनामा अहिले ठग्ने सास्तीखेप्नुपर्ने शैली फेरीएपनि प्रवृति भने रोकिएको छैन ।

नेपाल भारत जोड्ने महाकाली नदीमा सन १९२८ मा निर्माण भएको शारदा ब्यारेज९बनबासा पुल० खुल्ने समय सीमा तोकिएसंगै पनि भारतबाट स्वदेश फर्किने नेपाली मजदुरले अझैसम्म सास्ती खेप्नै परेको छ । पुलकै कारण देखाएर भारतीय सवारी साधनका मालिक, चालकहरुले नेपाली मजदुरमाथि अन्याय गर्दै आएका छन । पुल बन्द भए पुलका कर्मचारीलाई पैशा दिनुपर्नेदेखि समान बढि भए भारतीय भन्सारका कर्मचारीहरुलाई पैशा दिएर चेकजाँच नगराउने सर्तमा बढि भाडा अशुल्दै आएका छन ।

बनबासा बजारदेखि सीमावर्ती गड्डाचौकीसम्म ५०रुपैया भारु अर्थात नेपाली ८०रुपैया निर्धारण भएपनि यात्रुहरुले सो भन्दा दोब्बर,तेब्बर, चौबलसम्म भाडा तिरेर आईरहेको छन । भारतको पहाड, हिमाञ्चल क्षेत्रमा मजदुर गर्न गएका नेपाली मजदुरसग हुने घरसायी समानको परिमाण देखेर भारतीय यातायात व्यवसायीदेखि भन्सारसम्मले घरसायी समानमाथि गिद्दे नजर लगाएर रकम अशुल्दै आएको गुनासो बढिरहेको छ ।

ठाकुरबाबा नगरपालिका ४ बर्दियाका निर्प खनालले बनबासा–गड्डाचौकी सीमा क्षेत्रमा सहज यात्रा नभएको बताए । ‘भारततिर भन्सार, एसएसबीदेखि नेपालमा भन्सार, सशस्त्र प्रहरी र प्रहरीको चेकजाँचले हामी हैरान भएका छौँ, ‘उनले भने, ‘यति मात्रै होईन भारतीय सवारी साधनका मालिकले हामीबाट अतिरिक्त भाडा लियो ।’

ठाँउठाँउमा चेकजाँचले सास्ती खेप्दै घर पुग्नुपर्ने बाध्यता आईलागेको उनले बताए । ‘आफुहरुसंग भारतीय ट्याक्सीवालाले विचबाटोमा चेकजाँच झन्झनमुक्त गराउन अतिरिक्त ५०÷५०रुपैया लियो, हामीले पनि झन्झन हुनुभन्दा दियौँ, किनकी पछि पुल बन्द हुने डरले पैदल जाँदा समान बोक्न समस्या हुन्छ ।’ हिमाञ्चलबाट स्याउ टिपेर स्वदेश फर्किएका ढकारी गाँउपालिका ६ अछामका नविन थापाले विचबाटोमा चेकिङ्गको झन्झटले हामी जिप बुकिङ्ग गरेर आए, बनबासा पुलबारी एसएसबीको चेकिङ्ग थियो, त्यहाँ हामी लाईनमा थियौँ, गाडी सिधै गड्डाचौकी तिर आएर फर्कियो, हाम्रो समान त्यही छाडिदियो, साथमै मैले उतैबाट किनेर ल्याएको स्पीकर पनि लगिदियो, हामी लाईनमा घण्टौँ बस्दा गाडीले समान छाडेर फर्कियो ।’ थापा सहितको ७ जना स्थानीय भारतको उत्तराखण्ड रयाखाल विचौरीझालेबाट बनबासासम्मै बुकिङ्गमा आएका थिए । बुकिङ्गमा पनि बढि भाडा अशुलेको उनको गुनासो छ ।

रोपाई सकेर खाली रहेको समयमा भारतको सिम्ला पहाड स्याउ टिप्न गएका कञ्चनपुर कृष्णपुर नगरपालिका ७ कलुवापुरका सहदेव रानाले बनबासा बजारदेखि गड्डाचौकीसम्म ५० रुपैया भाडामा २सय तिनुपर्ने बाध्यता आईलागेको बताए । ‘हामीसंग स्याउ सहितको समान थियो, पैदल ल्याउँदा समस्या हुने भएकाले भारतीय गाडीबालाले विचबाटोमा भारतीय भन्सार, एसएसबीलाई मिलाउँछु, भन्दै अतिरिक्त भाडा लियो, ‘उनले भने, ‘हामी मजदुरमाथि सानो परिणमा लुटपाट कहिल्यै रोकिने भनेएन ।’ विगतका बर्षहरुमा भारतबाट स्वदेश फर्किने नेपालीहरुलाई भारतीय भूमि, सीमावर्ती क्षेत्रमा नसालु पदार्थ सेवन गराएर लुटपाट गर्ने, ठग्ने, देखिका थुप्रै घटना घटेपनि यस बर्ष खासै ठुला घटना नभएको मजदुरहरुको भनाई छ ।

भारतीय भूमिमा अतिरिक्त भाडादेखि चेकिङ्ग खेप्दै आएका मजदुरले स्वदेशमा पुग्दा पनि भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीको अलग अलग चेकिङ्गले झोला खोल्दाखोल्दै हैरानी खेप्नु परेको गुनासो पोखिरहेका छन । भारतमा अतिरिक्त भाडा अशुल्ने जन गुनासो बढेपछि सशस्त्र प्रहरीले समकक्षी भारतीय एसएसबीसग अतिरिक्त भाडा अशुल्ने सवारी साधनमाथि कार्बाहीका लागि सचेत गराएको छ । विगत बर्षहरुका तुलनामा गड्डाचौकी–बनबासा नाका भएर स्वदेश फर्किने, जानेक्रम घटिरहेको स्थानीय बताउँछन । चुनावका बेला रोजगारी दिने ठुलठुला आश्वसान दिएपनि नेताहरुले चुनाव जितेपछि सत्तालिप्सामा केन्द्रीत भएसंगै पेट पाल्न पराईभूमिका हानिएका नेपाली मजदुर अहिले नालाबाला सहित दशैँ मनाउन स्वदेश फर्किदा पनि सास्ती खेप्नु परेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले भारतीय भूमि सहित सीमावर्ती क्षेत्र नेपालमै पनि मजदुरबाट बढि भाडा अशुल्नेमाथि कार्बाहीका लागि सशस्त्र प्रहरी र प्रहरीलाई निर्देशन दिएको बताए । प्रजिअ सापकोटाले उक्त मानविय सम्वेदनशिल विषयमा भारतीय प्रशासनदेखि एसएसबीको ध्यानाकर्षण गराएर कुनैपनि नेपाली ठगिनु, लुटिनु, अपहेलिट हुन नदिन आग्रह गरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी