रौतहटमा हैजा फैलियो,प्रशासनद्वारा नियन्त्रणका लागि एरिया सिल

रौतहटमा हैजा फैलियो,प्रशासनद्वारा नियन्त्रणका लागि एरिया सिल

  • सोमवार, अशोज ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

वीरगञ्ज । रौतहटमा हैजा सँक्रमण फैलिएकोे भेटिएको छ ।जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा हैजा रोगका बिरामी भेटिएका हुन ।गत असोज २ गते वडा नम्बर ४ एक जनामा देखिएको झाडापखालाको बिरामीको सँख्या बढदै गएको छ ।

झाडापाखालाका बिरामीहरुको सँख्या बढदै गएपछि गरिएको आरडिटी र कल्चरल टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्रँप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।हैजा फैलिएपछि त्यसलाई थप फैलिनबाट रोक्न र अन्य ब्यक्ति समुदायमा फैलिन सक्ने सम्भावनालाई रोक्नको लागि सावधानी अपनाइ एरिया सिल गरिएको हो ।रौतहटका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश अनुसार राजपुर नगरपालिकाको वडा नम्बर ४ जोबैर चोकदेखि मदनी चोक,शेख अब्दुल्लाहको खलिहानदेखि डा.नुरुल होदाको घरसम्मको वरिपरिको घरधुरी क्षेत्रमा स्थानीय तहको स्वास्थय शाखाका प्रमुखको अनसमति बेगर स्वास्थयकर्मी,सुरक्षाकर्मी र सरसफाईकर्मीहरु र अत्यावशयक काम बाहेक कुनै पनि ब्यक्तिको हिडडुल गर्ने र एक अर्कोको घर वा बस्तीमा आवत जावतमा नियन्त्रण गरिएको छ ।

यस्तै अत्यावशयक सेवाबाहेकका सवारी साधनहरुको आवतजावतमा नियन्त्रण गर्ने,उक्त क्षेत्रमा माछामासु ओसार पसार र बिक्री बितरण नियन्त्रण गर्ने,समबन्धित स्थानीय तहको स्वास्थय शाखाबाट जारी गरिएका अन्य आदेश र शर्तहरुको कार्यान्वयन गर्ने गराउने भनिएको छ ।वडा नम्बर ४ मा हैजा फैलिएपछि नियन्त्रणको लागि आईतबार नै नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत खुर्सेद आलमले प्रभावित एरिया शिल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर अनुरोध गरेका थिए ।

जस अनुसार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आईतबार देखि नै अर्को आदेश नभएसम्मको लागि आदेश जारी गरेको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।अहिले झाडापाखाला लागेका दर्जन भन्दा बढी बिरामीहरुको राजपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।सोही क्रममा नगरपालिकाका मेयर डा.रजिक आलमले आईतबार नै स्वासथ्य केन्द्रमा पुगेर बिरामीहरुको बारे जानकारी लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी