चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर

चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर

  • शनिबार, भदौ २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ । सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसंख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो ।

चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्याउने भएको छ । जबकि पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइनेछ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्याइनेछ ।

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ । चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्ताव अनुसार यी परिवर्तनहरू जनवरी १, २०२५ देखि लागू हुनेछन् । आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तिको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी